एमाले महाधिवेशनः निर्वाचन हुने प्रवल सम्भावना देखे ओलीले

एमालेको जारी १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मतबाट नेतृत्व छान्ने प्रयास गरेका अध्यक्ष केपी शर्मा ओली स्वयं यसबाट पछाडि हट्न सक्ने सम्भावना बढेको छ । 

बन्दसत्र हलले उनलाई नामावली मनोनयन गर्ने अधिकार दिए पनि भीम रावलले असन्तुष्टि जनाएपछि निर्वाचन हुने सम्भावना बढेको ओलीले पनि स्वीकार गरेका छन् ।

रावलले असन्तुष्टि जनाएर आफूले उम्मेदवारी दिने घोषणा गरेपछि र निर्वाचन नहुने भए पार्टीमा यसका लागि विधान नै संशोधन गर्नु पर्ने बताएपछि ओलीले जवाफ दिने क्रममा उम्मेदवारी दिन पाइने बताएका हुन् ।

‘थिचोमिचो गरौँ भनेको होइन,’ बन्दसत्र हललाई सम्बोधन गर्दै ओलीले भने, ‘उम्मेदवारी दिन चाहनेले उम्मेदवारी दिए हुन्छ, कसैलाई पनि उम्मेदवारी दिनै पाइँदैन भनिएको होइन ।’

अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलले आफूले अध्यक्षमा लडेरै छाड्ने बताएका छन् ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार २०:५९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया