यू-१९ राष्ट्रिय क्रिकेट : कर्णालीमाथि सुदूरपश्चिमको शानदार जित

वाईवाई पुरुष यू–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै पहिलो जित दर्ता गरेको छ । 

६७ रनको झिनो लक्ष्य सुदूरपश्चिमले १२.१ ओभरमा बिना कुनै विकेट गुमाउँदै पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा अविजित रहेका कप्तान खडक बोहराले ४१ र नरेश भट्टले १२ रनको योगदान दिए । 

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ६६ रन मात्र बनाउन सक्याे ।

उसका लागि प्रकाश जोशीले सर्वाधिक १५, रमेश बुढाले १२ र रूपक दाहालले ११ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमासमेत रन जोड्न सकेनन् । 

कर्णालीलाई सस्तैमा समेट्न आकाश चन्द, नारायण जोशी र शेर मल्लले समान ३ विकेट तथा नरेन्द्र साउँदले १ विकेट हात पारे ।  





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १२:२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया