प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कलाकारसँग रमाइलो गरेका छन । उनले अभिनेत्री केकी अधिकारी र वर्षा राउतसँग नाचेर रमाइलो गरेका हुन् ।
केकी र वर्षा भुटानी शरणार्थीलाई सहयोगका लागि ‘इन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’ले आयोजना गरेको कार्यक्रममा झापा पुगेको छन् । सोही अवसरमा झापाको बेलडाँगीस्थित शरणार्थी शिविरमा आयोजना गरिएको कार्यक्रममा कलाकारसँग नाचेर मुख्यमन्त्री राईले साथ दिएका हुन् ।
शिविरमा रहेका जेष्ठ नागरिकका लागि ‘डे केयर भवन’ निर्माण हुँदैछ । शनिबार एक सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै उक्त भवनको उद्घाटन गरिएको छ ।
भवन उद्घाटनका लागि मुख्यमन्त्री राई, केकी र वर्षाका साथमा गायिका रचना रिमाल, अस्मिता अधिकारी, गायक प्रमोद खरेललगायतका कलाकार पनि झापा पुगेका थिए ।
अमेरिकाबाट केही दिनका लागि नेपाल आएका पुराना गायक प्रेमराजा महत पनि कार्यक्रममा सहभागी थिए । उनले कार्यक्रममा ‘पानको पात’ गीत गाएर माहोल तताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।