जातीय विभेदविरुद्ध लघु चलचित्र प्रतियोगिता

नेपाल चलचित्र निर्देशक समाजले जातीय विभेदविरुद्ध लघु चलचित्र प्रतियोगिता गर्ने भएको छ । यो प्रतियोगितामा निर्देशक समाजसँग कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडिपीले सहकार्य गर्नेछन् ।

जात व्यवस्था उन्मुलनको विषयमा निर्माण गरिएका लघु चलचित्र यो प्रतियोगितामा सहभागी हुन पाउनेछन् । लघु चलचित्र जम्मा ३ मिनेटको हुनु पर्नेछ । १०८० प्राविधिक गुणस्तर भएका मोबाइलबाट खिचेका भिडियोलाई पनि प्रतियोगितामा सामेल गराउने आयोजकको भनाइ छ ।

कुनै पनि जाति, व्यवस्था र समुदायलाई चोट पुर्‍याउने तथा आरोप लगाउने खालका सामग्री प्रतियाेगितामा समावेश नगर्ने आयोजकले जनाएको छ । आगामी डिसेम्बर १० सम्म प्राप्त भएका भिडियोलाई मात्रै प्रतियोगितामा सामेल गराइने छ ।

प्रतियोगितामा सहभागी भिडियोलाई सामाजिक सञ्जालमा देखिएको प्रभाव र तीन सदस्यीय निर्णायकको मूल्यांकनका आधारमा विजेता घोषणा गरिने छ ।

सामाजिक सञ्जालको प्रतिक्रिया र निर्णायकको ५०-५० प्रतिशत मूल्यांकनका आधारमा उत्कृष्ट ३ चलचित्र छनौट गर्ने निर्देशक समाजले जनाएको छ । 

प्रतियोगितामा उत्कृष्ट हुने लघु चलचित्रलाई २ लाख पुरस्कार प्रदान गरिने छ । यसैगरी दोस्रो र तेस्रो हुनेलाई क्रमशः १ लाख ५० हजार र ५० हजार पुरस्कार प्रदान गर्ने समाजले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १३:११:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया