आतंककारी हमलामा तीन वर्षमा ३० हजार अफगानि सैनिकको मृत्यु

एजेन्सी– अफगानिस्तानमा सन् २०१५ देखि अहिलेसम्म अफगान सुरक्षा बलका करीब ३० हजार सैनिक मारिएका छन् ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले वासिंग्टनको जोन्स हकिन्स स्कुल अफ एडभान्स इन्टरनेशनल स्टडिजमा भएको अन्र्तक्रियामा अफगानिस्तानको सुरक्षा बलको अवस्थाको बारेमा जानकारी दिँदै आतंकवाद विश्वमै गम्भिर चिन्ताको विषय बनेको बताएका थिए । उनी यस विश्वविद्यालयमा एन्थ्रोपोलोजीका प्रोफेसर थिए । 

राष्ट्रपति घानीले २०१५ को सुरुवातमा नाटोले अफगानिस्तानको प्रहरी तथा सैन्य बलको सुरक्षाको जिम्मेवारी लिएपनि अहिलेसम्म अफगानिस्तानमा २८ हजार ५२९ सुरक्षाकर्मीको ज्यान गएको जानकारी दिए । यस क्रममा ५८ जना अमेरिकी सैनिकको समेत मृत्यु भएको छ । 

पछिल्ला केही महिनामा अफगानिस्तानमा तालिवानको हमलाका घटनाहरु बढ्दै गएका छन् । हालै सम्पन्न भएको चुनाव तालिवानी हमलाबाट पूर्णरुपमा प्रभावित भयो । तालिवानले चुनावपछि प्रत्येक दिन अफगान सुरक्षाकर्मीहरुको हत्या गरिरहेको छ । 


 





  • प्रकाशित मिति : मंसिर २, २०७५ आइतबार १३:१३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया