मौद्रिक नीति समीक्षापछिको शेयर बजारमा उच्च अंकको गिरावट

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समीक्षापछिको पहिलो दिनको कारोबारमा शेयर बजार मापक नेप्से परिसूचक भारी अंकले गिरावट आएको छ ।

आइतबार नेप्से परिसूचक ८०.२९ अंकले घटेर २ हजार ६५१.४९ अंकमा झरेको छ । शेयर लगानीकर्ताले राष्ट्र बैंकले मौद्रिक नीतिले व्यवस्था गरेको ४/१२ करोडको नीति मौद्रिक नीतिको समीक्षमा संशोधन हुने अपेक्षा गरेका थिए ।

तर, मौद्रिक नीतिको समीक्षामा ४/१२ करोडको सीमा संशोधन नभएपछि शेयर बजारमा भारी गिरावट देखिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर धितो कर्जा ४ करोडदेखि १२ करोडसम्म मात्र लिन पाउने व्यवस्था गरेको थियो ।

आइतबार कारोबारमा आएका २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता शेयर ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँ बराबारको शेयर कारोबार भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १४.१९ अंकले घटेर ५०१.४५ अंकमा झरेको छ ।

कारोबारमा सबै समूहको उपसूचक घटेका छन् ।  जसमा बैंकिङ समूहको ३४.९७, विकास बैंक २६७.०९, जलविद्युत १३२.०२, फाइनान्स ६८.०८, निर्जीबन बीमा ३८५.९४, माइक्रोफाइनान्स १३९.४ र जीवन बीमा समूहको उपसूचक ५३८.०३ अंकले घटेको छ ।

आइतबार कारोबारमा आएका ६ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ । आइसीएफसी फाइनान्सको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सामलिङ पावर कम्पनीको ८ प्रतिशत,  निर्धन उत्थान लघुवित्तको ३ प्रतिशत र नेपाल एसबिआइ बैंकको २ प्रतिशतले बढेको छ ।



त्यस्तै, सबैभन्दा  धेरै मूल्य घट्ने कम्पनीमा हिमालयन पावर पार्टनर र मानुषी लघुवित्तको सेयर मूल्य ८÷८ प्रतिशत घटेको छ । प्राइम लाइफ, महालक्ष्मी विकास बैंक र जोशी हाइड्रोपावरको सेयर मूल्य ७/७ प्रतिशत घटेको छ ।

सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको २९  करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको २३ करोड ४८ लाख, नेशनल हाइड्रोपावरको २२ करोड ८५ लाख, नेपाल टेलिकमको १९ करोड  रुपैयाँको शेयर किनबेच भएको छ ।



  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १६:४७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया