अफ्रिकी देश जान इजरायलले लगायो प्रतिबन्ध
फाइल तस्वीर

हालै अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि इजरायलले आफ्ना नागरिकलाई अफ्रिकी देशको भ्रमणमा प्रतिबन्ध लगाएको छ ।

प्राप्त समाचारहरूमा इजरायलले हाल कुनै थप प्रतिबन्धहरूको घोषणा गरेको त छैन तर हालका लागि अफ्रिकी देशहरूको भ्रमणमा आफ्ना नागरिकहरूलाई रोक लगाएको जनाएको छ ।

बिहीबार इजरायलले सातवटा अफ्रिकी देशलाई रातो सूचीमा राखेर ती देशको यात्रामा प्रतिबन्ध गरेकामा शनिबार सबै अफ्रिकी देशमा नजान आफ्ना नागरिकमाथि प्रतिबन्ध लगाएको हो ।

त्यस्तै, इजरायलले हाल करिब ५० वटा अफ्रिकी देशहरूमा रहेका आफ्ना नागरिकलाई पनि स्वदेश फर्किन भनेको छ । इजरायलले आफ्ना नागरिक ती अफ्रिकी देशमा रहेका भए कम्तीमा सात दिनभित्रमा स्वदेश फर्किन पनि भनेको छ ।

यो नयाँ भेरिएन्ट विश्वका विभिन्न देशहरूमा देखिन थालिसकेको समाचारहरू आएका छन् । उता यो भेरिएन्ट भेटिएपछि बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरूको घोषणा गरेको छ ।

त्यस्तै अष्ट्रेलियामा पनि अफ्रिकी देशहरूबाट हुने यात्रमा कडाइ गरिएको छ । अष्ट्रेलियाले अरु देशबाट आउने उडानहरुका साथै विशेष गरी अफ्रिकी देशको यात्रामा थप निगरानी बढाइएको जनाएको छ ।



हालै अफ्रिकामा देखिएको यो भेरिएन्ट अहिलसम्मकै सबैभन्दा बढी खतरनाक पाइएको अनुसन्धानबाट देखिएको छ । यो भेरिएन्ट देखिएपछि यसको अनुसन्धान सुरु भएको बताइएको छ ।



  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १६:५४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया