नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत अहिले सर्वसम्मतिको प्रयास भइरहेको छ ।
शनिबारको बन्द सत्रले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत समिति निर्माणको जिम्मा दिएको थियो ।
भीम रावल घनश्याम भुसाललगायतले प्रक्रियामा जानुपर्ने माग राख्दै आए पनि उनीहरुको माग सुनुवाइ हुने सम्भावना अत्यन्त न्यून छ ।
ओली पदाधिकारीको नाम टुंग्याउने तरखरमा छन् । जसअनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल आउने भएका छन् ।
त्यस्तै, उपाध्यक्षमा सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्यलगायत आउने भएका छन् ।
बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री शाक्य पदाधिकारीमा आउने एक मात्र महिला हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।