एमालेबाट निर्वाचित वडाअध्यक्ष माओवादीको उपाध्यक्ष

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित मोरङको सुनवर्षी नगरपालिका–८ का वडा अध्यक्ष माओवादी केन्द्रको उपाध्यक्ष निर्वाचित भएका छन् । नुरुल मियाँ माओवादी केन्द्रमा प्रवेश गरेर उपाध्यक्ष निर्वाचित भएका हुन् ।

सुनवर्षीमा अध्यक्ष जयन्त दासको अध्यक्षतामा माओवादी केन्द्रको पालिका कमिटी शनिबारको अधिवेशनले निर्वाचित गरेको मोरङका संयोजक गणेश उप्रेतीले जानकारी दिए । उप्रेती सुनवर्षीको अधिवेशन गराउने प्रतिनिधि तोकिएका थिए ।

यसैगरी मोरङका १६ वटा स्थानीय पालिकामा शनिबार एकैदिन अधिवेशन गरेको माओवादी केन्द्रले रंगेली र सुनवर्षीको नेतृत्व चयन टुङ्ग्याएको हो । रंगेलीमा श्री अधिकारीको अध्यक्षतामा कमिटी निर्वाचित भएको छ





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १९:६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया