झापा कांग्रेसमा सिटौला पक्षका देउमानको प्यानल नै विजयी

नेपाली कांग्रेस झापामा देउमान थेबे विजयी भएका छन् । संस्थापनइतर कृष्णप्रसाद सिटौला पक्षका उनी कडा प्रतिस्पर्धाका बीच विजयी भएका हुन् ।

कुल ३ हजार ३६९ जना क्षेत्रीय प्रतिनिधिले मतदान गरेकोमा थेबेको पक्षमा १ हजार ७६५ र कट्टेलले १ हजार ५१५ मत पाएका थिए भने बाँकी मत बदर भएको थियो । झापा कांग्रेसको चुनावलाई सिटौला र विश्वप्रकाश शर्माका बीचको चुनावका रूपमा हेरिएको थियो ।

शुक्रबारदेखि जारी मतगणनामा थेबेका प्रतिस्पर्धी संस्थापन विश्वप्रकाश पक्षका रामबहादुर कट्टेलले अग्रता कायम गरेका थिए । सुरुवातदेखि नै अग्रता लिएका कट्टेल अन्तिम समयमा पराजित भए । अन्तिम समयमा गणना गरिएको सिटौलाको निर्वाचन क्षेत्र नम्बर ३ को मतले थेबे विजयी भएका हुन् ।

त्यस्तै, पदाधिकारीमा पनि थेबे प्यानलै विजयी भएको छ । थेबे प्यानलका उम्मेदवार केशव पाण्डे र शेरबहादुर भट्टराई उपसभापतिमा विजयी भए भने सचिवमा नवीन बिमली र कृष्ण हुँमागाईं विजयी भएका छन् । सहसचिवमा कमल भण्डारी र कालेन्द्र राजवंशी विजयी भएका हुन् ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १९:३५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया