पूर्वमहान्यायाधिवक्ता बडाल एमाले केन्द्रीय सदस्यमा निर्वाचित

पूर्वमहान्यायाधिवक्ता रमेश बडाल एमाले केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । १० औं महाधिवेशनमा ट्रेड युनियन क्लस्टरबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । 

निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान पेस गरेको केन्द्रीय कमिटी सूचीमा प्रस्तावित बरालको क्लस्टरमा अन्यको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । 

ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा बडाल महान्यायाधिवक्तामा नियुक्त भएका थिए । ओलीले दुई/दुईपटक प्रतिनिधिसभा विघटन गर्दै मुख्य भूमिकामा रहेर बहस गरेका थिए ।  

यद्यपि, निर्वाचन आयोगले भने औपचारिक रूपमा उनको विजय घोषणा गरिसकेको छैन । 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १३:१३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया