एमाले उपाध्यक्ष भीम रावलले अहिले भाेट मागिरहेका छन् ।
चितवनमा जारी पार्टीकाे १०औं महाधिवेशनमा उनले ‘शुभकामना हैन, मत दिनुस् भन्दै’ भाेट मागिरहेका हुन् । यता केही प्रतिनिधिले ‘उम्मेदवारी फिर्ता लिन्छौ बरु हात जोड्छु’ भनेका छन् भने केहीले ‘अध्यक्षबाहेक जेमा उठे पनि भाेट पाउने’ बताएका छन् ।
रावलले आज(सोमबार) बिहान अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्षको पदमा नेता रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएपछि निर्वाचन हुने निश्चित भएको हो । निर्वाचन आज राति ९ बजेदेखि सुरु हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।