एमाले महाधिवेशन : राति २ बजेबाट मतदान सुरु, पूर्वमाओवादी नेता भोट माग्न हिँडेनन्

नेकपा एमालेको जारी महाधिवेशनमा मुख्य पदाधिकारीमा निर्वाचन हुने भएपछि उम्मेदवारहरु प्रचार प्रसारमा लागेका छन् । 

अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको सूचीमा अन्य नेताले असन्तुष्टि जनाएसँगै निर्वाच्न हुने भएको हो । 

वरिष्ठ उपाध्यक्ष, महासचिवलगायतमा सर्वसम्मति भए पनि अध्यक्ष, उपाध्यक्षलगायत पदमा निर्वाचन हुने भएको हो । 

एमाले नेताहरु मतदासामुभोट माग्न व्यस्त रहँदा पूर्वमाओवादी नेताहरु भने भोट माग्न हिँडेका छैनन् ।

एमाले नेताहरु भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, पद्मा अर्याललगायतले भोट मागिरहँदा पूर्वमाओवादी नेताहरु भने मतदानस्थल होटल सेभेन स्टारमा देखिएका छैनन् ।

निर्वाचन समितिले राति ११ बजे अन्तिम नामावाली प्रकाशन गर्ने र २ बजेबाट निर्वाचन सुरु गर्ने कार्यतालिका प्रकाशन गरेको छ । 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार २२:३२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया