म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनप्रतिनिधिसहित चारजनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका-१ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी गौमाया विक, जिप चालक दुतबहादुर थापा, खिमु पुन र खिमानन्द शर्माको मृत्यु भएको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए । गौमाया रघुगंगा गाउँपालिका-१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन् ।
दुर्घटनामा बलबहादुर विक, मनोज पुन, भीम फगामी र ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् । उनीहररूलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।