एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित
फाइल तस्वीर

नेकपा एमालेको उपाध्यक्षका आकांक्षी घनश्याम भुसाल पराजित भएका छन् । एमालेको जारी १०औँ महाधिवेशन ६ जना उपाध्यक्षका लागि भएको निर्वाचनमा उनी पराजित भएका हुन्।

महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा 'बादल', विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ निर्वाचित भएका छन् । ताजा मत परिणामअनुसार शाक्यले १९७६, पौडेलले १९२५ पाण्डेले १८५६, नेम्वाङले १८६५, ज्ञवालीले १८४२ र बादलले १७६८ मत पाएका छन् भने भुसालले ७२५ मत मात्रै प्राप्त गरेका छन् ।

पदाधिकारी छान्ने जिम्मा पाएका अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूचीमा असन्तुष्टि जनाउँदै भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १६:१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया