अविता सिरिजका ल्यापटप नेपाली बजारमा

अविताले नेपाली बजारमा नयाँ सिरिजाका ल्यापटप ल्याएकाे छ । अविता फास्ट–फर्वाड ल्यापटप सिरिजका साथ हिमालयको भूमि नेपाल प्रवेश गरेको हो ।

अमेरिका, हङकङ्ग, सिङ्गापुर, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भारतजस्ता देशमा असफलता प्राप्त गरेको अविता आफ्नो लाइफस्टाइल टेक ब्रान्डसहित नेपालमा प्रवेश गरेको हो ।

अविताले नेपाली बजारमा आफ्नो पकड जमाउन विशेष गरी जीवन्त रंगमा डिजाइन गरिएको र विशिष्ट विशेषता भएको ल्यापटपहरू नेपाली बजारमा ल्याएको जनाएको छ । यो ब्राण्डका ल्यापटप हल्का, अल्ट्रा-पोर्टेबल र अपूर्व विशेषताले भरिपूर्ण रहेकोले युवा वर्गलाई आकर्षित गर्ने विश्वासमा कप्पनी रहेको जनाएको छ ।

अविताको ‘एसेन्शियल’, ‘म्यागस २–इन–१’ र ‘प्यूरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१ -‘लाइवर भी १४’ ल्यापटप नेपालमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । अविताका अन्य उत्पादनमा २ वर्षको अन–साइट वारेन्टी छ भने मागस २ –इन–१ मा २ वर्षको क्यारी–इन वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

नेक्स्टजिओ कम्पनीका सीईओ एलेक्स चुङले हिमालयको देशमा आफ्नो ब्रान्ड ल्याउन पाउँदा खुसी लागेको बताए । 'हामी हिमालयको भूमिमा पाइला टेक्न पाउँदा उत्साहित छौँ । हाम्रो उद्देश्य दक्षिण एसियाली बजारमा हाम्रो व्यापार विस्तार गर्ने हो' उनले भने ।



उद्घाटन समारोहमा बोल्दै अविताका क्षेत्रीय व्यापार निर्देशक सीमा भटनागरले ग्राहकहरूले आफ्नो क्षमता अनुसारका ल्यापटप छान्न सक्ने बताइन् । भनिन्, 'ग्राहकहरूलाई हाम्रो क्षमताअनुसार सेवा प्रदान गर्दै मार्ग विस्तार गर्ने छौँ ।'



  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १९:११:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया