कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज (बुधबार) विश्वासको मत लिँदै छन्।
आज दिउँसाे एक बजे बस्ने प्रदेश सभा बैठकमा शाहीले विश्वासकाे मत लिन लागेका हुन् ।
हिजाेकाे प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पार्टीकाे महाधिवेशनका कारण उपस्थित हुन नसकेपछि शाहीले आज विश्वासकाे मत लिन लागेका हुन् ।
शाहीले हिजाे प्रस्ताव मात्र पेस गरेका थिए ।
कानुनअनुसार मुख्यमन्त्री नियुक्त भएकाे ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । शाही नियुक्त भएकाे आज २९ दिन भइसकेकाे छ । शाही गत कात्तिक १६ गते मुख्यमन्त्री भएका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।