खाद्यान्नको चरम अभावबाट गुज्रिएकाे हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा खाद्यान्न पुर्याइएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट हुम्लाको नाम्खा गाउँपालिका-६ लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्याइएको हो ।
हुम्लाको लिमी क्षेत्रमा खाद्यान्नको चरम अभाव भएपछि लिमीका वडाध्यक्ष पाल्जोर तामाङ खाद्यान्न पठाउनु पर्ने माग गर्दै काठमाडौं पुगेका थिए । जनप्रतिनिधिले खाद्यान्न पठाउन पहल गरेपछि सेनाको हेलिकोप्टरमार्फत् लिमीमा खाद्यान्न ढुवानी गरिएको हो ।
लिमी क्षेत्रमा २५० क्विन्टल खाद्यान्न पठाएको यसले करिब ३-४ महिना खान पुग्ने हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । ‘यो खाद्यान्नले त्यहाँ ३ देखि ४ महिनासम्म पुग्छ । अभाव भए थप पठाउने छौं’, उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।