पदबहाली गर्दै ओली

नेकपा एमालेकाे १०औं महाधिवेशनमा अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीले आज(शुक्रबार) पदबहाली गर्दैछन् ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज दिउँसाे १ बजे केन्द्रीय कार्यालय थापाथलीमा पदबहाली गर्ने कार्यक्रम रहेकाे छ ।  

महाधिवेशनमा ओली र भीम रावलबीच प्रतिष्पर्धा भएकाे थियाे । ओलीले रावललाई भारी मतान्तरले चुनावमा हराएका हुन् । 

ओली नवाैं महाधिवेशनमा पनि अध्यक्षमै निर्वाचित भएका थिए । आजकाे पदबहालीपछि अध्यक्षकाे रूपमा उनले दाेस्राे कार्यकाल निर्वाह गर्नेछन् । 

महाधिवेशनमा ओलीसँगै एक वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिकारी र ३०१ केन्द्रीय कमिटी चयन भएको छ।





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार ९:१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया