ओलीले पार्टी कार्यालय पुगेर गरे अध्यक्षमा पदबहाली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक अध्यक्ष पदमा पदबहाली गरेका छन् । उनले पार्टी कार्यालय थापाथली पुगेर पदबहाली गरेका हुन् ।

चितवनमा भएको राष्ट्रिय महाधिवेशनको निर्वाचनबाट ओली १८३७ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनले आज पदबहाली गरेका छन् । अध्यक्ष ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कार्यालय सचिव शेरबहादुर तामाङलगायतले पार्टी कार्यालयमा स्वागत गरेका थिए । 

महासचिव पोखरेलले अध्यक्ष ओलीलाई पदबहाली गर्नुअघि हस्ताक्षर गर्नका लागि फाइल हातमा दिएका थिए । ​

सर्वसम्मति अध्यक्ष भएर चितवनबाट फर्कन चाहेका ओली अन्ततः मतदान प्रक्रियामा सामेल भएर निर्वाचित भएका थिए ।





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १३:१६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया