कर्णाली कांग्रेस प्रदेश सभापतिमा तीन नेताको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कर्णाली प्रदेश कार्यसमितिमा तीन जनाको उम्मेदवारी परेको छ । 

नयाँ नेतृत्वको लागि शुरु भएको अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि र रामचन्द्र पौडेल पक्षबाट तीन जनाले प्रदेश सभापतिमा उम्मेदवारी दर्ता भएको हो ।

गिरिजाप्रसाद कोइराला स्मृति भवनमा देउवा पक्षबाट प्रदेश सभापतिमा ललितजंग शाही, निधिबाट मोतिराज बम र पौडेल पक्षबाट भुपेन्द्रजंग शाहीले मनोनयन दर्ता गरेका छन् । 

ललितजंग जुम्ला, मोतिराज र शाही कालीकोटका हुन् । यस्तै, प्रदेश महामन्त्री पदमा भने देउवा पक्षबाट निरञ्जन केसी र पौडेल पक्षबाट कृष्ण विसीले उम्मेदवारी दर्ता गराएका छन् । सुर्खेतका केसी तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्ष र विसी दैलेखका निवर्तमान पार्टी सभापति हुन् ।





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १५:९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया