‘ए’  डिभिजन लिग : लगातार तेस्रो  जितकाे  खाेजीमा मनाङ

सहिद स्मारक ‘ए’ डिभिजन लिगकाे तेस्रो चरणअन्तर्गत आज(शनिबार) दुई खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले संकटा क्लबकाे सामना गर्नेछ । खेल दिउँसाे १ बजेबाट सुरु हुनेछ ।

मनाङ आज संकटालाई हराएर लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लने प्रयासमा हुनेछ।  तर, उसलाई बलियो टाेली संकटाविरुद्ध जित निकाल्न सहज भने छैन । अपराजित मनाङ २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा  छ ।

संकटा पनि आज दोस्रो जितको खोजीमा छ । तर उसलाई लयमा रहेकाे मनाङविरुद्ध जित निकाल्न सजिलाे हुने छैन । संकटा २ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा  छ ।

दोस्रो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी)ले प्रतिस्पर्धा गर्नेछन् । खेल साँझ पाैने पाँच बजे सुरु हुनेछ । 

आज दुबै टिम तीन अंक जोड्ने योजनामा हुनेछन् ।



च्यासल दोस्रो जितको खोजीमा हुनेछ । उसले अघिल्ला दुई खेलमा समान १ जित र हारकाे नतिजा निकालेकाे थियाे । च्यासल २ खेलमा ३ अंक जोडेर आठौं स्थानमा  छ।

एनआरटी पहिलो जितको खोजीमा हुनेछ । उसले अघिल्ला दुई खेलमा समान १ हार र बराबरीकाे नतिजा निकालेकाे थियाे । २ खेलमा १ अंक जोडेको एनआरटी लिगको १२ औं स्थानमा  छ ।



  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार ७:५५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया