नेपाली कांग्रेसको गण्डकी प्रदेशमा मतदान सुरु भएको छ । प्रदेश सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित सदस्यहरूका लागि मतदान भर्खरै सुरु भएको हो।
प्रदेश निर्वाचन समिति संयोजक कृष्णबहादुर थापाले दिएको जानकारी अनुसार पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा मतदान सुरु भएको हो ।
प्रदेश समितिका लागि दुईवटा प्यानल खडा भएको छ । संस्थापन पक्षबाट अर्जुनप्रसाद जोशी र इतरबाट शुक्रराज शर्मा नेतृत्वको प्यानल चुनावी मैदानमा छ । दुवै पक्षबीच चर्को प्रतिस्पर्धा हुने ठानिएको छ । यसअघि शुक्रबार त्यहाँ मनोनयन दर्ता भएको थियो।
बिहीबार प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।