प्रदेश-१ को कांग्रेस सभापतिमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलापक्षीय उम्मेदवार उद्धव थापा विजयी भएका छन् । उनी २ मत अन्तरले विजयी भएका हुन् ।
आज बिहान निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार थापाले ८४४ मत प्राप्त गरे ।
उनका प्रतिद्वन्द्वी गुरूराज घिमिरेले ८४२ मत प्राप्त गरेका छन् । त्यहाँ कुल १ हजार ७५२ मत खसेको थियो ।
सभापति पदमा निर्वाचित थापालाई कांग्रेसको संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्षको समर्थन थियो ।
थापा प्यानलबाटै उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई विजयी भएका छन् ।
महामन्त्रीमा भूपेन्द्र राई र उमेश थापा विजयी भएका छन् । महामन्त्रीमा भने घिमिरे प्यानलबाट विजयी भएका हुन् ।
महिला सह–महामन्त्रीमा प्रमिला गच्छदार विजयी भइन् । अन्य दुई सह-महामन्त्रीमा खड्ग फागो र विनोदकुमार बस्नेत निर्वाचित भएका छन् ।
अन्तिम मत परिणाम
सभापति :
१.उद्धव थापा- ८४४
२.गुरुराज घिमिरे- ८४२
उपसभापति :
१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) - ७६५
२.टंक प्रसाद राई - ८४७
३.रमेशजंग रायमाझी - ८९१
४.विश्वनाथ रिजाल ( त्रिलोचन ) - ६६९
महामन्त्री :
१.उमेश थापा - ८२३
२.दिपन कुमार श्रेष्ठ - ७६४
३.पदम सुन्दर पालुङ्गवा- ८०७
४.भुपेन्द्र राई - ८२४
सह-महामन्त्री :
१.प्रमिला गछदार - ८३७
२.सीता कार्की- ७३३
सह-महामन्त्री :
१.खड्ग फागो - १०२६
२.रोहित कुमार शाह - ६६५
३.बिनोद कुमार बस्नेत - ७४७
४. वीरकाजी राई - ६४७
५.शुभचन्द्र राई - ८४
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।