बैतडीमा जिप दुर्घटना : ८ घाइते, दुईको अवस्था गम्भीर
फरकधार / २० मंसिर, २०७८

बैतडीमा सोमबार साँझ जिप दुर्घटनामा परेको छ । जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से१ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकारमा दुर्घटनामा परेको हो । 



दुर्घटनामा परेर ८ जना घाइते भएका र दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । ६ जना समान्य घाइते भएका उनको भनाइ छ । 

सबैलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरेको प्रहरी निरीक्षक शाहीले बताए । पाटन पुर्याएपछि मात्रै घटनाको थप विवरण आउने उनले बताए । 



चालक भने फरार रहेका छन् । घटनाको कारण खुल्न सकेको छैन ।



  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १८:५२:२५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया