फिफा अरब कपमा कतारको लगातार तेस्रो जित

कतारमा जारी फिफा अरब कपमा आयोजक कतारले आफ्नो विजयी यात्रा कायमै राखेको छ । गएराति अल बायत स्टेडियममा भएको खेलमा आयोजक कतारले इराकलाई ३-० गोलले पराजित गरेपछि अपराजित यात्रालाई कायमै राखेको हो ।

कतारले पहिलो खेलमा १-० ले बहराइन र दोस्रो खेलमा २-१ गोल अन्तरले ओमानलाई हराएको थियो । वैकल्पिक खेलाडी अल्मोज अलीसँगै अक्रम अफिफ र हसन हेदुसले गरेको गोलमा इराकलाई पराजित गर्दै कतारले आफ्नो लय कायमै राखेको छ । 

कतार र इराकबीच भएको खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । तर, कतारले दोस्रो हाफमा ३ गोल गर्न सफल भयो । 

स्ट्राइकर मोहम्मद मुन्तारीले प्रतियोगिताको सुरुमा राम्रो मौका गुमाएका थिए । तर, कतारका गोलरक्षक युसेफहसनले उत्कृष्ट बचाउन गरे । 

इराकविरुद्ध कतारले तीनवटै गोल अन्तिम १२ मिनेटमा गरेको हो । कतारका लागि वैकल्पिक खेलाडी अल्मोज अलीले ८२ औं मिनेटमा गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । त्यस्तै, अक्रम अफिफले ८४ र हसन हेदुस ले ९३ औं मिनेटमा गोल गर्दै टिमको जित पक्का गरे । 

यो जितसँगै कतार ९ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । २ अंक मात्र जोड्न सकेको इराक भने अरब कपबाट बाहिरिएको छ । अरब कपमा विभिन्न १६ देशका टिमले खेलिरहेका छन् । 





  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार ९:४८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया