अत्यधिक रक्तश्रावका कारण बाजुरामा सुत्केरीको मृत्यु

अत्यधिक रक्तश्रावका कारण बाजुराको हिमाली गाउँपालिकामा एकजना सुत्केरीको मृत्यु भएको छ । हिमाली गाउँपालिका–४ तिथिचौरमा बस्ने २१ वर्षीया गंगा चदाराको बच्चा जन्माएको केही समयमै मृत्यु भएको हो । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीका अनुसार गंगाले आफ्नै घरमा मृत बच्चा जन्माएकी थिइन् । हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार बिहान जंगलबाट घाँस काटेर आएकी उनलाई बाटोमै व्यथाले च्यापेको थियो । 

घरमा पुग्नेबित्तिकै पेट दुख्यो भन्दै छटपटाएकी उनले केही समयपछि मरेको बच्चा जन्माएको उनका श्रीमान् विने चदाराले बताएका छन् ।​

गंगाको पहिलो सन्तान छोरा रहेका छन् । गंगा गर्भवती भएको ७ महिनामै मरेको छोरा जन्मिएको स्वास्थ्यकर्मीले बताए । 

स्वास्थ्य चौकीमा तीनपटक गर्भ जाँच गरेको गाउँपालिकाले जनाएको छ । दुर्गम गाउँमा अझै स्वास्थ्य चौकीमा चेकजाँच गर्न नजाने र स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेका छन् ।

आफन्तका अनुसार सुत्केरी पनि घरमै गराइएको र रक्तश्राव भएपछि स्वास्थ्य चौकी लैजानुको साटो धामीझाँक्रीकहाँ लगिएको बताइएको छ। लगातार रक्तश्रावपछि मंगलवार राति उनको मृत्यु भएको स्थानीयले बताए । 



निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीका अनुसार समयमै स्वास्थ्य चौकी लगेको भए गंगाको बाँच्न सक्ने सम्भावना थियो । सुत्केरीको मृत्यु भएको घटनाबारे वास्तविकता बुझ्ने उनले बताए । 



  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार २२:४४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया