च्याम्पियन्स लिग : रियल मड्रिड नकआउट चरणमा

स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा विजयी भएकाे छ ।

गए राति सम्पन्न भएकाे समूह चरणको अन्तिम खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई २-० ले पराजित गर्‍याे ।

रियलको जितमा टोनी क्रुस र मार्कुस एसेन्सियोले एक-एक गोल गरे । इन्टरका बरेलाले रेड कार्ड पाए ।

खेलको १७औं मिनेटमा क्रुसले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । ६४औं मिनेटमा बरेलाले रेड कार्ड पाएपछि इन्टर १० खेलाडीमा सीमित भयाे । ७९औं मिनेटमा एसेन्सियोले गोल गरी मड्रिडलाई जित दिलाए ।

खेलमा जित हासिल गरेसँगै समूह डीको विजेता मड्रिड  नकआउट चरणमा पुगेकाे छ। । उसले ६ खेलमा १५ अंक जोड्यो ।

इन्टर पनि समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । उसले ६ खेलमा १० अंक जोड्यो ।
 





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार ८:६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया