अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमै पराजित

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सर्लाहीबाट प्रतिनिधि छनोट गर्न भएको चुनावमा चर्चित नेता अमरेशकुमार सिंह पराजित भएका छन् । 

महाधिवेशन प्रतिनिधि छनोटका लागि मंगलबार सर्लाही–४ मा मा भएको मतदानमा उनी २४८ मतले पराजित भएका हुन् । 

कांग्रेसभित्र सिंह केन्द्रीय सदस्य शेखर कोइरालानिकट मानिन्छन् । त्यहाँ उनी पक्षका अन्य नेता–कार्यकर्ताले पनि क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । 

सर्लाही–४ मा सभापति शेरबहादुर देउवानिकट उम्मेदवार विजयी भएका छन् ।  





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार ८:४६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया