अहिलेकै खाेपले ओमिक्राेनलाई काम गर्छ

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले अहिले प्रयाेगमा आइरहेका खेापहरूले नै काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेनलाई काम गर्ने बताएकाे छ ।

अहिले प्रयाेग भइरहेका खाेपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जाेगाउने डब्लुएचओका आपतकालीन निर्देशक डा. माइक रायनले जानकारी दिए ।

प्रचलित खाेपले सबै भेरियन्टका संक्रमितलाई अस्पताल जानबाट जाेगाउने उनकाे भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्राेन स‌क्रमितहरूमा गरिएकाे एउटा ल्याब परीक्षणमा अहिले प्रयाेगमा ‌आएकै खाेपले काम गर्ने देखिएकाे हाे ।

चलनचल्तीमा अ‍ाएका खाेप कति हदसम्म प्रभावकारी हुन्छन् भन्ने बारेमा थप अनुसन्धान भइरहेकाे छ।





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार ९:५१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया