भारतमा धनी र गरिवबीच बढ्दो दुरी, १० प्रतिशतले आर्जन गरे ५७ प्रतिशत सम्पत्ति

असमानतालाई लिएर जारी गरिएको एक प्रतिवेदनमा भारतलाई गरिव तथा असमान राष्ट्रको रुपमा चित्रण गरिएको छ । 

भारतमा थोरै व्यक्तिको हातमा धेरै सम्पत्ति रहेका कारण यस्तो चित्रण गरिएको हो । 

‘वल्र्ड इनइक्यलिटी रिपोर्ट २०२२’ मा भारतमा १० प्रतिशतको कब्जामा ५७ प्रतिशत सम्पत्ति रहेको उल्लेख गरिएको छ । यो सम्पत्ति सन् २०२१ मा देखिएको हो । 

सन् २०२० मा विश्वभर मानीसहरुको कमाई घटेको प्रतिवेदनमा जनाइएको छ । आधभन्दा बढी कमाई धनी देशमा घटेको देखाइएको छ । 

‘भारत एक गरिव र असमान देश हो, जहाँ सिमित धनी व्यक्तिको हातमा धेरै सम्पत्ति रहेको छ,’ प्रतिवेदनमा भनिएको छ । 





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १३:५०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया