पौडेलले भने - टिममा आउनुहोस्, सिटौलाको जवाफ - सोचौँला

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४औं महाधिवेशन सुरु हुन एक दिन बाँकी रहँदा निकै दबाबमा देखिन्छन् । पौडेल समूहले आधिकारिक रूपमा आफ्नो समूहको सभापति उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

यो समूह सोमबारदेखि साझा उम्मेदवार तय गर्न कसरत गरिएको छ । मंगलबार दिनभर प्रकाशमान सिंहको निवास चाक्सीबारीमा यही विषयमा छलफल गर्न यो समूहका नेताहरू जुटेका थिए । तर, यो छलफलले पनि कुनै टुंगो लगाउन सकेन ।

यही विषयमा आफूलाई साथ दिन अनुरोध गर्दै पौडेल बुधबार दिउँसो अर्का नेता नेता कृष्णप्रसाद सिटौला निवास पुगेका छन् । उनले सिटौलालाई आफूहरूसँग हात मिलाउन अनुरोध गरेका छन् । कांग्रेसमा सिटौला समूह तेस्रो धाराका रूपमा स्थापित छ ।

सिटौला पक्षलाई साथमा लिँदा पार्टीको नेतृत्व आफ्नो समूहको व्यक्तिले पाउन सक्ने निष्कर्ष निकाल्दै पौडेलले सभापति शेरबहादुर देउवाविरुद्ध सँगै अगाडि बढ्न आग्रह गरेका हुन् ।

स्रोतका अनुसार हिजोका दिनमा देउवाविरुद्ध सँगै लडेको स्मरण गराउँदै आफ्नो टिममा आउने उनले सिटौलालाई प्रस्ताव गरेका थिए । `टिममा आउनुहोस् । हिजाेसंँगै लडियाे देउवाविरूद्ध´   सिटौलालाई पाैडेलले भनेका थिए । तर,सिटौलाले साेचाैंला भनेर जवाफ फर्काएको स्रोतको भनाइ छ ।

१३ औं महाधिवेशनको सभापतिमा दोस्रो चरणको मतदान हुँदा सभापति देउवालाई समर्थन गरेका सिटौलाले अहिलेसम्म खुलेर आफूले कसलाई समर्थन गर्ने बताइसकेका छैनन् ।





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १५:५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया