नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्री पदमा दाबेदारी गरिरहेका पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई कांग्रेस सभापति शेरबहादुर देउवाले सहमहामन्त्री पदको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् ।
बुधबार बूढानीलकण्ठस्थित निजी निवासमा देउवाले आयोजना गरेको आफूनिकट नेताहरूसँगको छलफलमा शर्मालाई खस आर्यबाट सहमहामन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव गरेका हुन् ।
आजको छलपलमा शर्मासहित बालकृष्ण खाँण, प्रकाशशरण महत र रमेश लेखकले महामन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । त्यसैगरी, मोहनबहादुर बस्नेत, गोविन्द भट्टराई र रमेश लेखकले पनि सहमहामन्त्रीमा आकांक्षा देखाएका छन् ।
कांग्रेसको विधानमा विभिन्न समावेशी समूहबाट सहमहामन्त्रीमा ८ जना निर्वाचित हुने व्यवस्था छ । सहमहामन्त्रीमा दलिततर्फबाट मीन विश्वकर्मा र मानबहादुर विश्वकर्मा, जनजातितर्फ बहादुरसिंह लामा, सीता गुरुङ, भीष्मराज आङ्देम्बे र चीनकाजी श्रेष्ठले आकांक्षा देखाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
महिलातर्फबाट सहमहामन्त्रीमा डिला संग्रौला, डिना उपाध्याय र पुष्पा भुसालले आकांक्षा देखाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।