हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुलाई मोदीले दिए श्रद्धाञ्जली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय चिफ अफ डिफेन्स स्टाफका प्रमुख जनरल विपिन रावत, उनकी श्रीमतीसहित हेलिकप्टरमा सवार अन्यको निधन भएको पुष्टि गरेका छन् । प्रधानमन्त्री मोदीले एक ट्विट गर्दै देशले एकजना कुशल सैन्य नेतृत्व गुमाएको उल्लेख गरेका छन्।

भारतको तमिलनाडुको कुन्नूरमा १४ जना सवार भारतीय एयर फोर्सको हेलिकप्टर दुर्घटनाग्रस्त बनेको थियो। उक्त हेलिकप्टरमा यात्रारत १३ जनाको निधन भएको हो। दुर्घटनामा ग्रुप क्याप्टेन वरुण सिंह घाइते भएका छन् । 

जनरल रावत भारतीय सेनाका पूर्वप्रमुख हुनुका साथै सन् २०२० को ज्यानुअरीयता भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका छन्। भारतीय वायु सेनाको एमआई–१७भी ५ हेलिकप्टरको दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले बताएको छ।

दुर्घटनामा घाइते भएका ग्रुप क्याप्टेन वरुण सिंहको वेलिङ्टनस्थित सैनिक अस्पतालमा उपचार भइरहेको भारतीय वायु सेनाले जानकारी दिएको छ।





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार २०:८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया