नेप्सेमा थप दुई कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेले बिहीबार दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबार स्वाभिमान लघुवित्तको ३२ दशमलव ३० प्रतिशत र आईसीएफसी फाइनान्सको १० प्रतिशत बोनस सेयर समायोजन गरेको हो।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरूको सेयरमूल्य समायोजन गरेको हो । बुधबार स्वाभिमान लघुवित्तको शेयर मूल्य २ हजार ५४० रुपैयाँ र आईसीएफसीको ७०३ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो । 

स्वाभिमान लघुवित्तको बोनस सेयर समायोजनपछिको मूल्य नेप्सेले १९१९ रुपैयाँ ८८ पैसा निर्धारण गरेको छ । लघुवित्तले गत वर्षको नाफाबाट ३२ दशमलव ३० प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्न ८ पुसमा साधारणसभा बोलाएको छ । सभा दिउँसो १ बजेदेखि भर्चुअलमाध्यमबाट हुने कम्पनीले जनाएको छ ।

त्यस्तै, आईसीएफसी फाइनान्सको बोनस सेयर समायोजनपछिको मूल्य ६३९ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ । फाइनान्सले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनसहित चार प्रतिशत नगद लाभांश वितरण गर्न ५ पुसमा साधारणसभा आह्वान गरेको छ । सभा आम्रपाली ब्यांक्वेट, थिरबम सडक भाटभटेनी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार ११:१३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया