खुला सहमहामन्त्री थप्न नहुने पक्षमा पौडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खुला सहमहामन्त्री थप्न नहुने पक्षमा छन् । सभापति शेरबहादुर देउवालाई मन लाग्दा थप्ने भन्ने कुरा जायज नभएको उनको तर्क छ। 

आजको केन्द्रीय समिति बैठकमा पनि उनले सहमहामन्त्री थप्ने विषयमा फरक धारणा राख्ने उनीनिकट एक नेताले बताए ।

‘महासमिति बैठकबाट नथप्ने अनि अहिले आवश्यक भयो भन्दै सभापतिजीले थपौं भन्दा उहाँले मान्ने कुरा भएन । उहाँले विरोध गर्नु भएको छ’, ती नेताले फरकधारसँग भने। 
 
कांग्रेसको संस्थापन पक्षमा पदाधिकारीमा धेरै नेताको चाहना भएपछि देउवा समस्यामा छन् ।आकांक्षी नेताहरूको व्यवस्थापन गर्न खुला सहमहामन्त्री थप्ने देउवाको तयारी छ ।
 
बुधबार बूढानीलकण्ठस्थित उनको निवासमा निकटस्थ नेताहरूको बैठकमा यस विषयमा कुरा उठेको थियो । आजको केन्द्रीय समिति बैठकमा यही प्रस्ताव प्रस्तुत हुने एक नेताले बताए ।





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १३:२३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया