नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको बैठकले १४ औँ महाधिवेशनमा पेस गरिने प्रतिवेदन पारित गरेको छ ।
कांग्रेसको १४ औँ महाधिवेशन काठमाडौंमा शुक्रबारबाट सुरु हुँदै छ । त्यसअघि बसेको वर्तमान कार्यसमितिको बैठकले राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको हो । आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेता भने उपस्थित थिएनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।