नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली कांग्रेसको १४औं महाधिवेशन परिवर्तनको संवाहक हुनु पर्ने बताएका छन् ।
काठमाडौंकाे गौशालामा आयोजित कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहको कार्यक्रममा महामन्त्रीको दाबी गरिरहेका पौडेलले यस्तो बताएका हुन् ।
उनले नेपाली कांग्रेसको यो महाधिवेशनले नयाँ सन्देश दिनु पर्ने माग आम नेपाली जनताको रहेको पनि बताएका छन् ।
उनले मौलिक विचार निर्माण गरेर नेपाली समाजको मुद्धालाई अगाडि ल्याउने पार्टी भएको बताएका छन् । तर, अहिले विचारको बहस पार्टीमा नभएको गुनासो पनि उनले गरेका छन् ।
‘हाम्रो समूह अझ बढी सशक्त हुनुपर्छ,’ उनले भने, ‘हामी सानो समूह होइन, विचार बोकेर हिँड्ने समूह कहिल्यै सानो हुन सक्दैन ।’
उनले विचार बोकेर अगाडि बढ्ने समूह कहिल्यै सानो नहुने पनि बताएका छन् । उनले आफूहरूको नेतृत्व प्रभावकारी भएको पनि जिकिर गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।