प्रदीप पौडेल भन्छन् – हामीले देशभर तरंग ल्याएका छौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी १४ औं महाधिवेशनको संघारमा आउँदा आफूहरुले विश्वास गर्ने नेता पाएको भन्दै यसलाई सबैले अवसरका रुपमा अगाडि बढाउनु पर्ने बताएका छन् ।

उनले नेपाली कांग्रेसको समूह कृष्णप्रसाद सिटौलाको समूह वैचारिक भएको बताएका छन् ।

‘१४ औं महाधिवेशन सम्पन्न गर्ने यो अवस्थामा आइपुग्दा कृष्णप्रसाद सिटौलाको ठूलो भूमिका छ,’ काठमाडौंमा सिटौला समूहको कार्यक्रममा पौडेलले भनेका छन्, ‘हामीले देशभर तरंग ल्याएका छौँ ।’

उनले १४ औं महाधिवेशनमा के गर्ने भन्ने विषयमा सिटौलाले गर्ने निर्णयलाई आफूहरु सबैले साथ दिने पनि बताएका छन् ।





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १५:५५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया