नेपाली कांग्रेसको १४ औं महाधिवेशनको अवसरमा आयोजित कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पछिल्लो समय जनताका लागि आफ्नो पार्टी र आफ्नो समूहले काम गरेको बताएका छन् ।
‘राजनीतिलाई इमानदारीको बाटोमा हिँडाउनु पर्छ,’ उनले भनेका छन्, ‘हामीले यो बीचमा केही गरेका रहेछौँ, यो पाँच वर्षमा भए पनि हामीले पार्टीभित्र आएका समस्या समाधानमा समय दियौँ ।’
उनले स्वविवेक र न्यायलाई ध्यान राखेर आफूले पार्टीलाई अगाडि बढाएको पनि बताएका छन् ।
सिटौलाले यो कार्यक्रममा १४ औं महाधिवेशनमा उनले आफैं उम्मेदवारी दिने वा कुनै समूहलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय दिने अनुमान गरिएको छ ।
उनी आफैं उम्मेदवार हुने वा अरु कसैलाई साथ दिने भन्ने विषयमा यो कार्यक्रममा घोषणा गर्ने अनुमान गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।