इसेवा मनि ट्रान्स्फरबाट पैसा पठाउँदा शर्माले जिते होन्डा डिओ स्कुटी

इसेवा मनि ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै ल्याएको 'चाडपर्वको बहार दिनदिनै उपहार' योजनाअन्तर्गत बम्पर उपहार विजेतालाई ‘होन्डा डिओ स्कुटी’ हस्तान्तरण गरेको छ ।

यस योजनाअन्तर्गत, विदेशबाट इसेवामनी ट्रान्सफरमार्फत पैसा पठाएका हजारौँमध्ये गोलाप्रथाद्वारा स्विडेनमा बसोबास गर्दै आएका ‘पूर्णप्रसाद शर्मा’ विजेता घोषित भएका हुन् । शर्माले रेमिट्लीबाट इसेवा मनि ट्रान्सफरमार्फत नेपालमा पैसा सिधै बैंक डिपोजिट गरेका थिए । उपहारचाहिँ, विजेता स्विडेनमै रहेकाले उनका प्रतिनिधिले लिएका थिए ।

विजेताका प्रतिनिधिलाई साँचो हस्तान्तरण इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइरालाले गरेका थिए । असोज २ गतेबाट सुरु भएर मंसिर २ मा समापन भएको ‘चाडपर्वको बहार दिनदिनै उपहार’ योजनामा, बम्पर उपहार ‘होन्डा डिओ स्कुटी' का अलावा मासिक विजेतालाई ४३ इन्चको टेलिभिजन, साप्ताहिक विजेतालाई रेफ्रिजरेटर र दैनिक विजेतालाई मिक्सर ग्राइण्डर प्रदान गरिएको थियो ।

हाल इसेवामनी ट्रान्सफरको सेवा, २६ अन्तर्राष्ट्रिय पार्टनरको माध्यमबाट संसारका २०० बढी मुलुकमा पुगिसकेको हुनाले योजनामा उल्लेखनीय सहभागिता देखिएको थियो । इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १८:४३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया