नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला आफू पक्षीय नेताहरूसँग छलफलमा जेटेका छन् ।
चण्डोलस्थित सिटौला निवासमा १४औँ महाधिवेशनको आगामी रणनीति तय गर्न आफू निकट नेता कार्यकर्तासँग सिटौलाले छलफल गरेका हुन् ।
अहिले सिटौला निवासमा प्रदीप पौडेल, शिव हुमागाईं उमाकान्त चौधरी लगायत कांग्रेसका युवा नेताहरू जम्मा भएका छन् ।
सिटौलाले आगामी महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने मनस्थिति बनाए तापनि अहिलेसम्म सार्वजनिक गरेका छैनन् ।
आगामी महाधिवेशनमा कसरी अगाडि बढ्ने सकिन्छ भन्ने विषयमा छलफल भइरहेको एक नेताले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।