करण चौधरीलाई हराउँदै नाडा अध्यक्षमा ध्रुव थापा निर्वाचित

नाडा अटो अटोमोबाइल्स एसोसिएशन अफ नेपालको अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् ।

गएराति सम्पन्न मत परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी करण चौधरीलाई ६६ मतले हराउँदै थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनी १४ सय १३ मतका साथ विजयी भएका हुन् । थापाका प्रतिस्पर्धी चौधरीले १३ सय ४७ मत प्राप्त गरे । सदस्यमा थापा प्यानलका ५ जना विजयी भएका छन् ।

उनको प्यानलबाट निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, कपिल सिवाकोटी, प्रदीपमान प्रधान र आकाश गोल्छा विजयी भएका हुन् । चौधरीको प्यानलका १२ जना सदस्य विजयी भएका छन् ।

विजयी हुनेमा मिलनबाबु मल्ल, अनुपकुमार मल्ल, राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योती, प्रकाश कपुरी, बिक्रम सिंहानिया, गोपाल भट्टराई, निलमणि पाठक, वरदान बस्नेत र पंकज अग्रवाल रहेका छन् ।  





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार ६:४८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया