‘ए’ डिभिजन लिगका तीन खेल पोखरामा हुने

सहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले खेल्ने तीन खेल पोखरा रंगशालामा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले पहिलोपटक लिग फुटबल काठमाडौं बाहिर खेलाउन लागेको हो । मनाङले पोखरालाई घरेलु मैदान बनाउने निर्णय गरेपछि नै एन्फाले यसवर्षको लिगका केही खेल पोखरा रंगशालामा खेलाउने तयारी गरेको हो।

मनाङले खेल्ने तीन खेल पोखरामा गराइने  एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए । ‘पाँचौं, सातौं र आठौं  खेल पोखरामा हुनेछ, हामी त्यसको तयारी गरिरहेका छौँ,’ तुलाधरले भने । 

पाँचौं, सातौं, आठौं चरणमा मनाङका प्रतिस्पर्धी नेपाल पुलिस क्लब, च्यासल युथ क्लब र बिग्रेड ब्वाइज क्लबले पोखरा रंगशालामा मनाङसँग खेल्ने प्रस्ताव स्वीकार गरेपछि मोफसलमा लिगका खेल हुने पक्का भएको हो । 

साथै, एन्फाले ललितपुरको च्यासल फुटबल मैदानमा पनि यसपटक लिगको खेल खेलाउने तयारी गरिरहेको छ । यस्तै, एन्फा कम्प्लेक्समा पनि लिग खेलाउने एन्फाको योजना छ । 





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १०:२९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया