नेप्सेमा थप तीन कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्जमा शुक्रबार तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले शुक्रबार लक्ष्मी बैंकको आठ प्रतिशत बोनस, समता घरेलुको २० प्रतिशत बोनस र नारायणीको १०० प्रतिशत हकप्रद सेयर समायोजन गरेको हो।

नेप्सेले लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन गरेको हो भने नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन गरेको हो । लक्ष्मी बैंकको समायोजनपछि नेप्सेले २७० रुपैयाँ ३७ पैसा भाउ  निर्धारण गरेको छ ।  

समता घरेलु लघुवित्तको बोनस सेयर समायोजन पछिको भाउ ११२५ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद सेयरपछिको भाउ नेप्सेले ४७८ रुपैयाँ निर्धारण गरको छ । सोही मूल्यलाई आधार मानेर आइतबार यी तीनवटै कम्पनीको सेयर कारोबार खुल्नेछ।





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार ११:२३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया