कांग्रेस महाधिवेशनका कारण काठमाडौंको सडकमा सवारी साधनको चाप बढ्यो, यसरी भइरहेछ व्यवस्थापन

काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु हुने नेपाली कांग्रेसको १४औं महाधिवेशनका कारण वरपरका क्षेत्रमा सवारी साधनको चाप बढेको छ । 

सवारी साधनको चाप बढेपछि प्रदर्शनी मार्ग हुँदै चल्ने सवारी साधनलाई डाइभर्सन गरी चलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

भृकुटीमण्डपमा भइरहेको कार्यक्रमका कारण पद्मोदय मोड र सभागृहबाट सवारी साधनलाई डाइभर्सन गरिएको हो । 

सवारी साधनलाई गरिएको डाइभर्सन का कारण पद्मोदय मोड, सिंहदरबार र भद्रकाली लगायतका स्थानमा सवारी साधन चापमा चलिरहेका छन् । 

माईतिघर, थापाथली, त्रिपुरेश्वर, पुतलीसडक, केशरमहल, लैनचौर र सोह्रखुट्टे चोक हुँदै चल्ने सवारी साधनको पनि चाप रहेको छ । 

कोटेश्वर, जडिबुटी, ग्वार्कोचोक, माछापोखरी, गौशाला, चावहिल लागयतका रिङरोडका चोक हुँदै चल्ने सवारी साधनहरु पनि केही चापमा चलिरहेका छन् । 
चाप रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सामान्य बनाउने प्रयास गरिरहेको छ । 



विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने  सवारी साधनको आवागमन पनि सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।



  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १२:४३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया