नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कृष्णप्रसाद सिटौला समूहलाई आफैँसँग मिलाएर जाने तयारी गरेका छन् ।
मिलेर अगाडि बढ्ने विषयमा दुवै नेताबीच छलफलसमेत भएको छ । छलफलपछि समूह देउवासँग मिलेर जाने तयार रहेको सिटौला निकट नेताको भनाइ छ ।
सिटौलाले सहकार्य गर्नुपर्ने अवस्थामा एक जना महामन्त्री दिनुपर्ने प्रस्ताव देउवा समक्ष राखेका छन् । यस विषयमा देउवा सकरात्मक देखिएको ती नेताको भनाइ छ ।
सिटौलाले महामन्त्रीमा युवा नेता प्रदीप पौडेलको नाम सिफारिस गरेका थिए । उनले अब युवाले नेतृत्व समाल्नु पर्ने धारणा राख्दै उनको नाम अघि सारेको तीन नेताको भनाइ छ ।
'प्रदीपलाई महामन्त्रीको उम्मेदवार बनाएर जाने सम्भावना देखिएको छ । उहाँलाई युवा पनि नेतृत्वमा आउनु पर्छ भन्ने लागेको छ' ती नेताले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।