‘ए’ डिभिजन लिग : तेस्रो जित निकाल्दै मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा

सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो संस्करणअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ । 

त्रिपुरेश्वस्थित दशरथ रंगशालमा मनाङले फ्रेन्डस क्लबलाई २-० ले पारजित गरेको हो । यो जितसँगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
 
मनाङको जितमा अफिज ओलावाले र दिनेश राजवंशीले १-१ गोल गरे । खेलको ४१औं मिनेटमा कप्तान अञ्जन विष्टको क्रसलाई हेडमार्फत् पोस्टको दिशा दिँदै ओलावालेले मनाङलाई अग्रता दिलाएका थिए ।
 
७२औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा दिनेशले हेडमार्फत् गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए ।
 
८६औं मिनेटमा फ्रेन्ड्सका नाथालिन जुड गार्सियाले गोल गरे पनि अफ साइड रहँदा त्यसले मान्यता पाएन । 

तेस्रो जित निकालेको मनाङले ४ खेलमा १० अंक जोड्दा दोस्रो हार बेहार्दै समान खेलबाट २ अंकका साथ फ्रेन्ड्स दशौं स्थानमा छ ।  





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १५:९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया