थप २५९ जनामा काेराेना संक्रमण, ३ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २५९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

देशभरका विभिन्न प्रयाेगशालामा १० हजार ४८७ जनाकाे नमुना परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यसैगरी पछिल्लाे २४ घन्टामा थप ३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

यही अवधिमा ३३७ जना काेराेनामुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९९७ जना रहेको छ । जसमध्ये ५ हजार ७२० जना होम आइसोलेसनमा र २७७ जना संस्थागत आइसोलेसनमा रहेका छन्। 
 





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १५:३३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया