लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) अध्यक्ष महन्थ ठाकुरले संसद् र अदालत काम गर्न नसक्ने स्थितिमा पुगेको बताएका छन् ।
उनले नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै जसबाट जनताले पाउनुपर्ने सेवा नपाइरहेकाे बताए । यसाे हुनुकाे पछि दलहरूमा रहेकाे अस्थिरता भएकाे उनकाे भनाइ छ ।
`पार्टीमा स्थिरता छैन भने सरकारमा स्थिरता हुँदैन । संसदले राम्रोसँग काम गरिरहेकाे छैन । अदालत पनि उस्तै छ । जनताले पाउनु पर्ने सेवा पाइरहेकाे छैन´, कांग्रेस महाधिवेशनमा उनले भने ।
उनले मधेस आन्दोलनका मागलाई सम्बोधन गर्न सत्तापक्ष र प्रतिपक्षी दलका नेता गम्भीर हुन आग्रह गरे ।
उनले आफूहरू संविधान संशोधनको माग गर्दै आएको उल्लेख गर्दै आफ्ना माग सम्बोधन नभए फेरि आन्दोलित हुने चेतावनी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।